कोरोना बढेपछि ‘ट्रि हाउस’ बन्द

४ बर्ष अगाडि

कोरोनाको जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क सहितको ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित यस स्थलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेकाले जोखिम बढ्न नदिन केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा  अर्को सूचना जारी नभएसम्मका उक्त स्थल बन्द गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । ट्रि हाउसमा बिदाका दिनमा चार–पाँच सय र अन्य दिन  एक सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए । 

डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको  थियो । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउन  उद्यानका साथै रुखमा घर बनाइएको थियो । रुखलाई भित्र पारेर निर्माण गरिएको दुई तहको काठको घरबाट दृश्यावलोकन गर्न सकिन्छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया