दीपक मनाङेविरुद्ध रेड कर्नर नोटिस जारी

७ बर्ष अगाडि


काठमाडौं– मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे बिरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । 
केही समययता प्रहरीको ‘फरार’ सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेडक कर्नर नोटिस जारी गरेको हो । 
‘गुण्डा नाईके’को रुपमा  चिनिएका गुरुङको नेपाल भित्र मात्रै नभएर विदेशमा समेत खोजी भईरहेको प्रहरी प्रवक्ता (डिआईजी) मनोज न्यौपानेले बताए । 
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया