टी–ट्वान्टी विश्वकप : भारतले पहिलो खेल पाकिस्तानसँग खेल्ने (खेल तालिका सहित)

४ बर्ष अगाडि

 टी–ट्वान्टी विश्वकप २०२१ को खेल तालिका सार्वजनिक भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलवार खेल तालिका सार्वजनिक गरेको  हो । 

आगामी अक्टोबर १७ देखि नभेम्बर १४ सम्म युएई तथा ओमानमा हुने प्रतियोगीताको सुपर १२ अन्तर्गत दोस्रो समूहको पहिलो खेलमा भारत र पाकिस्तान भिड्ने छन् । 

खेल तालिकाअन्तर्गत पहिलो चरणमा आठ टोलीले छनोट खेल खेल्नेछन्। अक्टोबर १७ देखि २२ सम्म हुने  छनोट खेलको  समूह ‘ए’मा आयोजक राष्ट्र ओमानसहित, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड र बंगलादेश रहेका छन्। यस समुहका सबै खेल ओमानमा हुने छन् । 

यस्तै समूह ‘बी’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया र श्रीलंका रहेका छन्। यस समुहका सबै  खेल युएईमा हुने छन्।

यी दुई समूहको शीर्ष दुईमा पर्ने टिमले अक्टोबर २३ देखि युएईमा आयोजना हुने मुख्य प्रतियोगितामा स्थान पाउनेछन्। मुख्य प्रतियोगितामा ‘सुपर १२’ नामक दुई समूह छुट्याइएको छ। सुपर १२ अन्तर्गत पहिलो समूहमा साबिक विजेता वेस्ट इन्डिजसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड रहेका छन्। यस समूहमा छनोट चरणबाट समूह ‘ए’को विजेता तथा समूह ‘बी’को उप–विजेता टोलीले स्थान पाउनेछन्।

सुपर १२ अन्तर्गत दोस्रो समूहको पहिलो खेलमा भारत र पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। यस समूहमा छनोट चरणबाट समूह ‘बी’को विजेता टोली तथा समूह ‘ए’को उप–विजेता टोलीले स्थान पाउनेछन्।सुपर १२ समूह १ को पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् ।

 तालिका अनुसार समूह १ को विजेता टोलीले समूह २ को उप–विजेता टोलीसँग नम्भेम्बर १० मा पहिलो सेमीफाइनल खेल्ने छ भने समूह १ को उप–विजेताले समूह २ को विजेता टोलीसँग नभेम्बर ११ मा खेलिने दोस्रो सेमीफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ। 

त्यसपछि दुई सेमीफाइनलका विजेता टोलीहरुले नम्भेम्बर १४ को फाइनल खेल खेल्ने छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया