चर्चित गुन्डा नाइके दिपक मनाङ्गे उर्फ राजिव गुरुङ थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको कारागार स्रोतले बतायो । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।
अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।
सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया