काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७" नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया