काबुल अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, १२७ जना नेपाली काठमाडौं आइपुगे

४ बर्ष अगाडि

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार भारी भीड र भागदौडको माहौलपछि एकपटक पुनः त्यहाँबाट कुटनीतिज्ञ र सर्वसाधारणलाई निकाल्नका लागि सैन्य उडान बहाल गरिएको  छ । 

सोमबार विमानस्थलबाट सबै प्रकारको उडान रोकिएको थियो । 

आइतबार अबेर राती काबुलमा तालिबानको कब्जापछि सोमबार अफगानिस्तान छोडेर जाने कोसिसमा हज्जारौं मानिस काबुल विमानस्थल पुगे । थुप्रै रनवेमा भागिरहेको देखिए र विमानभित्र प्रवेश गर्ने होडबाजीमा देखिए । 

यस कारण त्यहाँ भागदौड मच्चिएको थियो र पाँचजनाको मृत्यु भयो । 

मृतकलाई गोली लागेको थियो वा उनीहरुको मृत्यु भागदौडका कारण भएको थियो भन्ने बारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । यद्यपि, अधिकारीले सोमबारको तुलनामा मंगलबार विमानस्थलमा शान्ति भएको बताएका छन् । 

एक सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘हिजो आएका थुप्रै मानिसहरु आज घर फर्किसकेका छन् ।’

यद्यपि, प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले भन्यो, ‘अहिले पनि बीच–बीचमा विमानस्थलतर्फबाट गोली चलेको आवाज सुन्ने गरिन्छ ।’

पश्चिमी देशका सेनाका लागि हाल यही एक विमानस्थल अफगानिस्तानबाट बाहिर निस्कने बाटो हो । 

यस्तै अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौं आइपुगेका छन्।

जजिरा एयरलाइन्समार्फत् उनीहरू आज बिहान १०ः१६ बजे काठमाडौँ आइपुगेका हुन्।

चार्टर्ड विमानमार्फत् अफगानिस्तानमा रहेका उनीहरू कुवेत हुँदै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया