काठमाडौं, एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको २ वटा म्युचुअल फण्डहरूले लाभांश घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
एनएमबि क्यापिटलको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण गर्ने प्रयोजनका लागि दुवै फण्डले भदौ १८ गते, शुक्रबार एक दिन बुकक्लोज गर्ने घोषणा गरेका छन् । त्यसैले, भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया