पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको थापाले बताएका
छन् । पूर्व राजा ज्ञानेन्द्र शाह कोमलका साथ अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा पुगेका छन् । तीन दिन अघि पोखरा पुगेका शाहलाई स्थानिय र राजावादीहरुले भब्य स्वागत गर्दै गणतन्त्र विरोधी नारा लगाएका थिए ।
शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपी कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रमा कांग्रेस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने पनि बताए ।
पूर्वराजा ज्ञानेन्द्र पुस २ गतेदेखि पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आएका हुन् ।
प्रतिक्रिया