ङ्गादी ग्रुप पावरले डाक्यो साधारण सभा, बोनस र हकप्रद शेयर जारी गर्न मुख्य एजेन्डा !

४ बर्ष अगाडि

काठमाडौं, ङ्गादी ग्रुप पावरले साधारणसभा बोलाएको छ । कम्पनीले असोज ३ गते साधारणसभा आह्वान गरोको हो । कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्मको मुनाफाबाट हाल कायम चुँक्ता पुँजीको २०  प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १ सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै साधारणसभामा हकप्रद प्रस्ताव पनि पेश हुने छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १ः२ को अनुपातमा हुन आउने २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । ।

त्यस्तै साधारणसभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सञ्चालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । साथै विशेष प्रस्तावमा कम्पनीले पर्बर्दन गरेको ७०.४० मेगावटको बझाङ अपर सेतीआयोजनाको प्रगति जानकारी गराउने, कम्पनीएल अन्य कम्पनीलाई गाभ्ने प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया