काठमाडौं, नेपालमा पछिल्लो एक हप्तामा मात्र २ सय ४८ जना जनाको मृत्यु भएको छ । अघिल्लो सोमबार (साउन २५ गतेदेखि) हिजो सोमबार (साउन ३२ गते) सम्म २२ सय ४८ जनाले कोरोना कारण ज्यान गुमाएका छन् ।
एक हप्ताको अन्र्तरालमा सोमबार (साउन २५ गते) सबैभन्दा बढी ३६ ज्यानले ज्यान गुमाएका थिए । यस्तै, मंगलबार (साउन २६ गते) र हिजो सोमबार (साउन ३२ गते) ३५र३५ जना संक्रमितको मृत्यु भएको हो ।
यसैगरी, बुधबार (साउन २७ गते) ३० जना, बिहीबार(साउन २८ गते) ३२ जना, शुक्रबार (साउन २९ गतें) २७ जना, शनिबार (साउन ३० गते) २० र आइतबार (साउन ३१ गते) ३५ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।
प्रतिक्रिया