काठमाडौं, एक वर्ष मै नेपालमा डिम्याट खाता दोब्बर भएको हो । आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका हुन् । आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।
हिजो सोमबारसम्म डिम्याट खाताको संख्या ४० लाख २८ हजार ९३० पुगेको हो । सिडीएस एण्ड क्लियरिङको तथ्यांकले यस्तो देखाएको हो ।
आर्थिक वर्ष ७७/७८ मा खुलेका डिम्याट खाता मध्ये २० प्रतिशत खाता काठमाडौँ जिल्लावासीले खोलेका छन् । यस वर्षमा काठमाडौँका मात्र ४ लाख २१ हजार ९ सय जनाले डिम्याट खोलेका हुन्। दोस्रो नम्बरमा झापाका ९६ हजार ९ सय ६६ जनाले तथा तेस्रो नम्बरमा ललितपुरका ९५ हजार ६ सय ५१ जनाले डिम्याट खोलेका छन् ।
त्यस्तै मोरङका ८४ हजार ८ सय ७०, कास्कीका ८३ हजार ४ सय ७६, रुपन्देहीका ८० हजार ४ सय ७०, भक्तपुरका ७५ हजार १ सय ७३, र चितवनका ७० हजार ८ सय २५ जनाले डिम्याट खोलेका छन् ।
यस अवधिमा सबै भन्दा कम डिम्याट मनाङवासीले खोलेका छन् । मनांगका ४८४ जनाले डिम्याट खोलेका हुन् । त्यस्तै मुस्तांगका ७२२, डोल्पाका ७३०, मुगुका ९ सय ८०, हुम्लाका १३ सय ३, बाजुराका २०४९, कालिकोटका २१ सय ६३, जाजरकोटका २४ सय ८४, रोल्पाका ३०७१, तथा रसुवाका ३१ सय ६१ जनाले डिम्याट खोलेका छन् ।
प्रतिक्रिया