सबैको लघुवित्तको १०.५० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १०.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

संस्थाको चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थं) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि बुक क्लोज गरेकाले फागुन २७ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा मात्र उक्त बोनस शेयर जम्मा गरिएको हो । 

फागुन २७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया