आज फेरी बढ्यो कोरोना संक्रमितको संख्या, कति संक्रमित थपिए र मृतकको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । 


संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया