हलिउडका ५ सबैभन्दा धनी स्टार, कुन कलाकारको सम्पत्ति कति ?

४ बर्ष अगाडि

 

काठमाडौं,  हलिउड जस्तो ठुलो प्लार्टफर्मको चर्चा संसारभर नहुने कुरौ छैन् । यहाँ यस्ता स्टार (कलाकार) रहेका छन् जसका प्रशंसक संसारभर देख्न पाइन्छ । 
 
हलिउडका ५ सबैभन्दा धनी कलाकारहरु आखिर को हुन् र कति छ उनीहरुको सम्पत्ति ?
 
हलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन्, जमी गर्ट्ज । उनी इन्टेलीजेन्ट इन्भेस्टर पनि हुन् । ‘ट्विस्टर, क्रस रोड्स, लेस देन जीरो’ जस्ता फिल्ममा काम गरिसकेकी उनको कूल नेटवर्थ करीब ३ बिलियन डलर छ । 
 
टम क्रूज हलिउडका दोस्रो सबैभन्दा धनी कलाकार हुन् । उनले केही फिल्म निर्माण पनि गरेका छन् । ‘मिशन इम्पोसिबल, एज अफ टूमारो, ओब्लिवियन, माइनोरिटी रिपोर्ट’ जस्ता फिल्मले सफलताको उचाइमा पुगेका उनको कूल नेटवर्थ ५ सय ७० मिलियन डलर छ । 
 
हलिउडका तेस्रो सबैभन्दा धनी कलाकार हुन्, जर्ज क्लूनी । उनी अभिनयमा जति सफल छन्, निर्देशनमा पनि उनले आफूलाई स्थापित गरिसकेका छन् ।  ‘ओसियन्स इलेवन, थ्री किंग्स’ जस्ता फिल्मबाट लोकप्रियता हासिल गरेका उनको कूल नेटवर्थ ५ सय मिलियन डलर छ । 
 
हलिउडका सबैभन्दा धनी कलाकार मध्ये रोबर्ट डी नीरो चौथो नम्बरमा आउँदछन् । आफ्नो अभिनय कलाबाट संसारभरका दर्शकको मन जितेका उनको कूल सम्पत्ति ५ सय मिलियन डलर छ । 

हलिउडका सबैभन्दा धनी कलाकारको पाँचौं नम्बरमा आउने नाम हो, मेल गिबसन । उनको कूल सम्पत्ति ४ सय २५ मिलियन डलर छ । उनी एक अभिनेता, निर्माता र निर्देशक हुन् । ‘द प्यासन अफ द क्राइस्ट, वी आर सोल्जर्स, ब्रेवहार्ट’ लगायतका फिल्म उनको करिअरकै उत्कृष्ट मानिन्छ । उनले सन् १९९५ मा गोल्डन ग्लोब अवार्ड पनि जितेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया