ओमानमा हुने त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिज अगाडी नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मकसिरिज अगाडी सेप्टेम्बर ५ र ८ मा दुई वटा मैत्रीपुर्ण खेल्ने पक्का गरेको हो ।
यो सिरिजपछि नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग सिरिज खेल्नेछ । जुन सेप्टेम्बरको १३ देखि २० सम्म हुने तालिका छ ।
त्यसको केहि दिनमा ओमानले लिग–२ अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग खेल्ने तालिका छ । यो सिरिज सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म हुनेछ।
उक्त सिरिज खेल्ने ओमान पुगेको पिएनजीसँग नेपालले दुई खेलको सिरिज खेल्न भएको हो । पीएनजी पनि तयारीका लागि केहि समय अगाडी आउने भएकाले त्यहि अवसरमा नेपालले एकदिवसिय सिरिज खेल्न लागेको हो ।
जसमा सेप्टेम्बर ५ मा हुने पहिलो खेल दिउँसो हुनेछ भने सेप्टेम्बर ८ मा हुने दोस्रो खेल डे नाइट हुनेछ ।
ओमान सिरिजका लागि नेपाली टिम अहिले तयारीमा रहेको छ । पीएनजीसँगको सिरिजका कारण नेपाली टिम एक साता अगाडी ओमान जाने भएको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुईमा जीत र दुई हार ब्यहोरेको छ ।
प्रतिक्रिया