काठमाडौं,साउन महिनाको अन्तिम दिन (सोमबार) शेयर बजार हरियो भएर बन्द भएको छ ।
सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।
कूल २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
सोमबार ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेशनल हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया