प्रधानमन्त्रीद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन

४ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । 

सोमबार बिहान सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।

सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया