काठमाडौं - आज साताको दोस्रो दिन कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले बढेको छ ।
आइतबार २४.५७ अंक घटेर ३१५४.३३ विन्दुमा बन्द भएको नेप्से आज प्रि-ओपन सेसनमा १४.८५ अंक बढेर ३१६९.१८ विन्दुमा पुगेको हो । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.२८ अंक बढेको छ ।
आज प्रि-ओपन सेसनमा ५९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया