सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई फण्डको इकाई मूल्य नेप्सेमा समायोजन, नयाँ मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं -  सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्सेमामा समायोजन भएको छ । सिद्धार्थ इक्वीटी फण्डको ३० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को ३० प्रतिशत नगद लाभांश समायोजन भएको हो । 

मूल्य समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ प्रतिइकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने सिद्धार्थ इक्वीटी फण्डको १२ रूपैयाँ ६० पैसा कायम भएको छ ।

नेप्सेले साउन ३१ गते आईतबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । सोमबारको बजारमा दुवै फण्डहरुको इकाई कारोबार उक्त समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।

उक्त फण्डहरुले वितरण गर्न लागेको लाभांश साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया