‘द कपिल शर्मा शो’को पहिलो एपिसोडमा अक्षय–अजय, रिलिज मिति सार्वजनिक

४ बर्ष अगाडि

भारतीय कमेडि रियालीटि शो ‘द कपिल शर्मा शो’ सोनी टिभिमा प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् । धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् ।

प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो प्रशारण हुने जानकारी गराएका छन् । शोमा अर्चन पुरण पनि आउने भएकी छन् । यस शोमा सुदेश लहिरी पनि देखिने भएका छन् । शोमा कृष्णा र सुदेशको जोडी देख्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया