सार्वजनिक सम्पिति हिनामिना गर्ने प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

४ बर्ष अगाडि

काठमाडौं - सार्वजनिक सम्पिति हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी सहायक निरीक्षक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।

आयोगले नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की विरुद्ध। १ करोड ०३ लाख ९७ हजार ९३७।५४ रुपैयाँ भ्रष्टाचार गरि सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी उक्त रकमको हिनामिना गरेको स–प्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया