आजबाट दुबईका सबै उडान खुला

४ बर्ष अगाडि

काठमाडौं - आजबाट दुबईका सबै उडान खुला भएको छ । यस अघि नेपाल आउने यात्रु मात्र ओसार्ने गरी उडान भरिरहेका वायुसेवा कम्पनीहरूले आजबाट यात्रु लैजान पनि पाउने भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा युएईले नेपालबाट जाने यात्रुका लागि प्रवेश खुला गरे पनि जान भने पाएका थिएनन् । साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि यहाँबाट युएई यात्रु लैजान थाले पनि नेपाली वायुसेवा कम्पनीले त्यसो गर्न पाएका थिएनन् । 

 नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए । एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम रहेको ४८ घन्टाभित्र गरेको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्‍यापिड पिसिआर परीक्षण नेगेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने भएपछि युएई उडान पुनः सुरु भएको हो ।

सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन् । सोही रिपोर्टको आधारमा नेपाल वायुसेवा निगमले सोमबार राति ११ः३० मा उडान गर्ने तयारी गरेको छ । निगमले आज देखि सातामा दुई उडान भर्ने तयारी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया