राष्ट्रपति भवन कब्जामा लिएसँगै युद्ध सकिएको तालिवानद्धारा घोषणा

४ बर्ष अगाडि

एजेन्सी - तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेका हुन् ।

वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेर विदेश भागेका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति कार्यालयमा छिरेका हुन् ।

राष्ट्रपति कार्यालय छिरेपछि तालिवानले २० वर्षे लामो यात्रको थकाइ मारेका छन् । उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।

सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया