काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी ७ प्रतिशत बढेको छ भने कुल खर्च ४.७७ प्रतिशत बढेको छ ।
४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६.८० प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९३ पैसा बढेर ३१ रुपैयाँ ६८ पैसा पुगेको छ ।
प्रतिक्रिया