ला लिगा : बार्सिलोनाको शानदार विजयी सुरुवात, एट्लेटिको म्याड्रिडद्धारा सेल्टा डि भिगो पराजित

४ बर्ष अगाडि

एजेन्सी - बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार विजयी सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरे । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए ।

खेलको १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए । त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए । उनले पनि हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो । जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो । 

सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो । 

साथै एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले सेल्टा डि भिगोलाई उसकै मैदानमा २-१ ले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउनको लागि दुवै गोल एन्जल कोरेआले गरे । घरेलु टोलीका इगो आस्पासले एक गोल फर्काए । खेलको २३औं मिनेटमा एन्जल कोरेआको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले थोमस लेमारको पासमा गोल गरेका थिए ।

५९औं मिनेटमा इगो आस्पासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । मार्कोस लोरेन्टले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै घरेलु टोलीलाई पेनाल्टी प्रदान गरेको थियो ।

६४औं मिनेटमा एन्जल कोरेआको व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले खेलमा पुनः २-१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल एट्लेटिकोले जित्यो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया