१ लाख नगद चोरी गरि फरार दुई अभियुक्त पक्राउ

४ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते रु एक लाख नगद र रु ३५ हजारकोे नेपाल बैंकको चेक चोरी गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

पक्राउ पर्नेमा मोरङ विरेन्द्रनगर नपा‐ ३ घर भई हाल काठमाडौँ कपन बस्ने ५१ वर्षीय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नपा‐ ६ घर भई हाल काठमाडाँै कपन मै बस्ने ४२ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया