काठमाडौं, कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो । बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको हो ।
पौडेल नदी पार गर्ने क्रममा कोइली पुलबाट खसेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि नै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
प्रतिक्रिया