कहिलेदेखि कारोबारमा आउला सानिमा लाईफको आईपीओ, कति पाउला ओपनिङ्ग रेञ्ज ?

४ बर्ष अगाडि

काठमाडौं, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  साधारण सेयर (आईपीओ) को बाँडफाँड साउन ३० गते, शनिबार गरेको छ । 

कम्पनीको आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५र७६ को  प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५र७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया