काठमाडौं, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । साथै कम्पनीले हकप्रद शेयर पनि निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आज (आइतबारं) बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी समितिको बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत अर्थात एक बराबर दुई शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ।

प्रतिक्रिया