सलमान खान तेलुगू फिल्ममा डेब्यू गर्दै, चिरन्जीवी र सलमान एकसाथ

४ बर्ष अगाडि

काठमाडौं, सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेको  बाहिरीएको छ । तेलुगूका मेगास्टार चिरन्जीवीको नयाँ फिल्मबाट उनले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेको चर्चा छ । मलयालम फिल्म ‘लुसिफर’ को तेलुगू रिमेक ‘गडफादर’ का लागि निर्माण टिमले सलमानलाई अफर गरेको हो । 
 
उनले यो फिल्मको छायांकन चाँडै सुरु गर्दैछन् । निर्माण टिम केही दिनमा यो मेगा कोलाब्रेसन (फिल्म) को घोषणा गर्ने तयारीमा छ । सलमान फिल्ममा केमियो रोलमा देखिनेछन् । चिरन्जीवी र सलमानबीच निकै राम्रो सम्बन्ध छ । यस्तोमा यो जोडीलाई पहिलो पटक एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । 
 
उनलाई यसअघि पनि केही साउथ फिल्मबाट प्रस्ताव आएको थियो । तर, उनले बलिउडबाहेक अरु रोजेनन् । चिरन्जीवीसँगको मित्रताका कारण उनी तेलुगू फिल्ममा काम गर्न राजी भएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया