आइतबार नेप्सेमा अर्का नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं,  साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।  कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।

आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ५८९.२८ विन्दुमा पुगेको छ ।

कूल २२२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि यही जेठ ३० गते, आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको थियो ।

कारोबार भएका १३ उपसमूहमा ३ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । 

आइतबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ५४ रूपैयाँ ७० पैसा पुगेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ पुगेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ६ सय ६८ रूपैयाँ पुगेको छ ।

आइतबार नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको १ अर्ब ५ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया