मोबाइल आयातमा नयाँ रेकर्ड, चार बर्षमा मात्रै झन्डै तीन करोड मोबाइलको आईएमईआई दर्ता

४ बर्ष अगाडि

काठमाडौं,  छिल्लो चार बर्षमा नेपालमा भित्रिएका भन्डै तीन करोड मोबाइलको (इन्टरनेश्नल मोबाइल इक्युप्मेन्ट आईडेन्टिटी) आईएमईआई नम्बर दर्ता भएका छन ।

२०७४ सालदेखि ०७८ सम्म आइपुग्दा आयातकर्ता र व्यक्तिगत रुपमा दुई करोड ७१ लाख ६५ हजार मोबाइल दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार गत बर्ष नेपालमा ३२ अर्बका ६३ लाख ५५ हजार सेट मोबाइल आयात भएको थियो । यो आयात नेपालकै इतिहासमा नयाँ रेकर्ड हो । 

 ०७४ सालमा १६ लाख ९४ हजार आईएमईआई रजिष्ट्रेशन भएको थियो । त्यस्तै २०७५ मा आयातकर्ताले ६९ लाख ६४ हजार र व्यक्तिगत तर्फ १८ सय ६० मोबाइल दर्ता भएका छन ।

आईएमईआई दर्ता ०७६ सालमा आएर ह्वातै बढेको छ । जुन समय मोबाइल दर्तालाई दूरसञ्चार प्राधिकरणले पूर्णरुपमा अनिवार्य गरेको थियो । ०७६मा आईएमईआई दर्ताको सङ्ख्या बढेर ७६ लाख १६ हजार र ०७७ मा आएर १ करोड ९ लाख मोबाइल दर्ता भएका छन ।

एमडिएमएस लागू भएपनि हालै आईएमईआई नम्बर दर्ता अनिवार्य नगरेपनि आगामी ६ महिना भित्र पूर्णरुपमा मोबाइल दर्ता प्रक्रियालाई अघि बढाउने जनाएको छ ।

तर, साउन अघि एमडिएमएस लागूपछि मोबाइल आईएमईआई नम्बर दर्ता नभए मोबाइल नचल्ने हल्लाले अनलाइन मार्फत व्यक्तिगत मोबाइल दर्ता गर्ने सेवाग्राही बढेका छन ।

अहिले नेपालमा विना दर्ता चलिरहेका मोबाइल फोनलाई भने एमडिएमएसले नियमनको पहुँच पुर्याइ नसकेको अवस्थामा अवैध मोबाइल आयातलाई मात्रै रोक्ने काम गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया