१५ वर्षपछि ‘मिस्टर डन’ को सिक्वेल बन्दै, कहिलेदेखि छायांकन ?

४ बर्ष अगाडि

काठमाडौं, २०६३ सालमा रिलिज भएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुन लागेको हो । कोरियोग्राफर दिनेश पाख्रिनको निर्देशनमा बन्ने फिल्मका लागि शुक्रवार एक गीत रेकर्ड गरियो ।
 
‘बग्यो त्रिशुली’ बोलको गीतमा गायक राजेशपायल राईले आवाज भरेका छन् । गीतमा विकास चौधरीको संगीत र हरी उप्रेतीको संगीत रहेको छ । फिल्ममा कथावाचनको रुपमा यो गीत प्रयोग गरिने निर्देशक पाख्रिनले बताए । 
 
‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । 
 
दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा, बिक्रम तामाङ र हेलेन पाख्रिन छन् । दिनेश पाख्रिनकै कथा रहने फिल्मको वितरण गोपालकाजी कायस्थको कम्पनी विके फिल्मस्ले गर्नेछ । फिल्म एक्सन जनरामा निर्माण हुनेछ । मदन घिमिरे निर्देशित ‘मिस्टर डन’ मा त्यसबेलाका चर्चित कलाकार सन्चिता लुईंटेल, विक्रान्त बस्नेत, स्वं. जेनी कुँवरको पनि अभिनय थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया