पाकिस्तानमा ग्रिनेड आक्रमण : १३ को मृत्यु, कैयौँ घाइते

४ बर्ष अगाडि

एजेन्सी - पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । 

आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

आतंकवाद विरोधी विभाग (सीटीडी) का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताए । आक्रमणकारीहरु मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ । 

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया