काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको करिब साढे तीन सम्म आईपुग्दाँ अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ८ लाख ६ हजार ८४९ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ४८ करोड ५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यस्तै, सो अवधीसम्म कम्पनीको शेयरमुल्य ३.५३१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५७० पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ८२ हजार ३ कित्ता शेयर खरिदमाग भएको छ भने ६४ हजार ५८६ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया