काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर ९आईपीओ० बाँडफाँड गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि साउन १९ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम साउन २९ गते बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
साथै, बाँडफाँडमा नपरेको रकम धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सम्बन्धीत आवेदकहरूको बैंक खातामा पठाइने पनि कम्पनीले जनाएको छ ।
कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।
प्रतिक्रिया