आन्दोलनरत कर्मचारीको माग पूरा भयो !

७ बर्ष अगाडि

काठमाडौं–निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीको माग पूरा गर्न सहमत देखिएको छ । 

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानून बनाउन सरकारी पक्ष सहमत भएको हो  ।

अब छिट्टै बन्ने क्रममा रहेको संघीय निजामती ऐनमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रसम्म आउन सक्ने गरी कार्यसम्पादन, आन्तरिक प्रतियोगिता र अन्तरसेवा प्रतिस्पर्धाको आधारमा बढुवा हुने व्यवस्था गरिने सरकारी अधिकारीले प्रतिबद्धता जनाएका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया