एमाले विवाद मिलाउन सक्रिय नेता पाण्डे र आचार्य अचानक दिल्लीमा

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् ।

एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।

नेता आचार्य र पाण्डे माधव नेपाल निकट मनिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट रहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् ।

एमाले विवादमा नेता माधव नेपालले अपमान सहेर एकता नगर्ने बताइरहेका बेला आचार्य र पाण्डे भने जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । 

एमालेका कतिपयले नेता कार्यकर्ताले पाण्डे र आचार्यका पछिल्ला अभिव्यक्तिलाई लिएर उनीहरु अध्यक्ष ओलीसँग मिल्न पुगेको आशंका गरिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया