काठमाडौं - पूर्व श्रमराज्य मन्त्री गोविन्दनाथ उप्रेतीलाई पत्नी शोक परेको छ । उनको धर्म पत्नी बिद्या उप्रेतीको आज धुलिखेल अस्पतालमा निधन भएको हो ।
शनिबार तारी १० बजे एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई राती नै उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको हो । मृतक उप्रेतीको दाह संस्कार आज बिहान दोलालघाटमा गरिदैछ ।
प्रतिक्रिया