हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प जादा ३०४ को मृत्यु, ओसाकाको पुरस्कार रकम पीडितलाई

४ बर्ष अगाडि

एजेन्सी - हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री एरियल हेनरीले देशमा अहिले आपतकाल घोषणा गरेका छन् । 

भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान गएको थियो । भूकम्पले संरचनाहरु भत्केर किच्दा मानिसहरुको मृत्यु भएको हो । घरहरु भत्किदा किचिएर १ हजार ८ सयभन्दा बढी घाइते भएका छन् । कोरोना महामारीसँग जुधिरहेको हाइटमा भूकम्पका घाइतेहरुलाई उपचार गर्ने स्थानको समेत अभाव भएको जनाइएको छ ।

साथै जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन् । चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन् । 

आमा जापानकी हुन् । शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ । प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु ।’

४ बर्ष अगाडि

प्रतिक्रिया