१५ हजार बढी नेपाली अफगानिस्तानमा, अमरिकाले थप एक हजार सेना पठाउने

४ बर्ष अगाडि

काठमाडौं - अफगानिस्तानमा तालिबान लडाकुहरुले प्रान्तीय राजधानीहरु कब्जा गर्दै राजधानी काबुलतर्फ अघि बढिरहँदा त्यहाँ रहेका आप्रवासी कामदारहरु असुरक्षित बनेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्ष (आ.व.२०६२/६३–आ.व.२०७७/७८) मा नेपालबाट वैधानिक तरिकाले अफगानिस्तान काम गर्न जानेको संख्या १५ हजार २३२ छ । विभागसँग श्रम स्वीकृति नलिई अफगानिस्तान जानेको संख्या योभन्दा ठूलो रहेको छ ।

यीमध्ये कति त्यहाँ कार्यरत छन् र कति नेपाल फर्किसके भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन । साथै अमेरिकी राष्ट्रपति जो बाइडेने थप एक हजार अमेरिकी सेना अफगानिस्तान पठाउने घोषणा गरेका छन् । 

यसअघि काबुलमा रहेका अमेरिकीको उद्धारमा तीन हजार सेना पठाउने निर्णय गरेका बाइडेनले हिजो पुनः थप एक हजार सेना पठाउने घोषणा गरेका हुन् । अमेरिकाले थप ४ हजार सेना कुवेतमा तयारी अवस्थामा राखेको छ । 

अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई कुनै अप्ठेरो परे कुवेतमा रहेका अमेरिकी सेना तत्काल त्यसतर्फ जानेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया