इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदैछन। सुरुवाती खेलहरुमा आज १४ वटा क्लब भिड्दैछन् ।
आज पहिलो खेल नेपाली समय अनुसार साँझ ५ः१५ म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ।
यस्तै अर्को खेल ७ः४५ बजे टिम चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्दैछ।
शनिबार हुने अन्य खेलमा लेष्टर सिटिले उल्भ्ससँग प्रतिस्पर्धा गर्दा एभर्टनले साउथह्याम्पटनसँग खेल्नेछ। बर्नलीले ब्राइटनसँग र वाट्फोर्डले एस्टन भिल्लासँग प्रतिस्प्रधा गर्ने छ।
यस्तै लिभरपुलले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ। नर्विचको मैदानमा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ।
सिजनको शुरुवाती खेलमा नवप्रवेशी क्लब ब्रेन्टफोर्डले उपाधि दाबेदारका रुपमा रहेको आर्सनललाई २ – ० ले पराजित गरेको थियो।गत सिजनको उपाधि म्यान्चेस्टर सिटिले जितेको थियो।
प्रतिक्रिया