नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर
परीक्षणबाट १९ सय ४७ जना र एन्टिजेन बाट ६७७ जनामा कोरोना संक्रमण पष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पीसीआर परीक्षणबाट ७ लाख ३० हजार ४७९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट ७४ हजार ७११ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।
यस्तै आज देशभर एकैदिन २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार २५९ पुगेको छ ।
नेपालमा हाल ३९ हजार ४०५ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया