वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज शुभारम्भ गरे । सङ्घीय सरकारको रु ८९ लाख ६४ हजार, प्रदेश सरकारको रु ३० लाख र मकवानपुरगढीको रु दुई करोड १८ हजार चार सयका लागतमा निर्माण गरिएको सो पुलको कूल लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।
सो अवसरमा उनले प्रदेश सरकार गठन भएको साढे तीन वर्षमा प्रदेशभरिमा ६२ पुल निर्माणका साथै चार सय किलोमिटर पक्की सडक निर्माण भएको जानकारी दिए । कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष विदुर हुँमागाईंले गाउँपालिकाका विकासमा सबैले सहयोग पु¥याउन आग्रह गरे ।
यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए ।
प्रतिक्रिया