'नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्' : प्रधानमन्त्री देउवा

४ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेटेर उनले नेपाली क्रिकेटका लागि दिएको योगदानका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले मात्र अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यास  लिएका खड्काको आगामी यात्राका लागि शुभकामनासमेत दिएका छन् ।

​देउवाले लेखेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद। 

नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैँ रहने छ। दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा   @paras77  लाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया