काठमाडौं - बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका - ६ ठिमुरेस्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकैबारीमा आएको स्याललाई हानेका थिए । स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया