सानिमा लाईफको आईपीओ बाँडफाँड सम्पन्न, ५ लाख ४० हजार आवेदकलाई १० कित्ता दरको सेयर

४ बर्ष अगाडि

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० को बाँडफाँड सम्पन्न भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडौँमा बाँडफाँड भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा लक्की नम्बर २ को चिट्ठा परेको छ ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया