भरतपुर विमानस्थलमा आगलागी , पहिरोले पुरिँदा १ जनाको मृत्यु

४ बर्ष अगाडि

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए।

यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।

पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट  पहिरो आएपछी पुरिएका थिए । प्रहरी र  स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया