ला लिगा : भ्यालेन्सियाको विजयी सुरु, आज चार खेल

४ बर्ष अगाडि

एजेन्सी - स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो । 

त्यस्तै खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । ला लिगामा आज चार खेल हुँदैछन् । मलोर्का र रियल बेटिस, क्याडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया