नेप्सेमा सूचीकृत कम्पनीहरुको नयाँ वर्गिकरण, कुन कम्पनी कुन समूहमा ? (सुचिसहित)

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको छ ।

नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ए मा २० कमर्सियल बैंक, दुई वाणिज्य बैंक, एक फाइनान्स, एक माइक्रो फाइनान्स र चार हाइड्रोपावर कम्पनी गरी कुल २८ कम्पनी परेका छन् ।

त्यसैगरी बी समूहमा भने १ वाणिज्य बैंकसहित १० वटा कम्पनी परेका छन् भने जी समूहमा २७ वटा कम्पनी परेका छन् । जस अन्र्तगत ७ माइक्रो फाइनान्स, पाँच इनभेष्टमेन्ट, होटल तथा टुरिजम र अन्य, ६ बीमा कम्पनी र ९ वटा हाइड्रो पावर कम्पनी गरी कुल २७ वटा कम्पनी समावेश भएका हुन् ।

यस्तै, ग्रुप जेडमा १५८ वटा कम्पनी समेटिएका छन् । जस अन्र्तगत पाँच वटा कर्मर्सियल बैंक, १४ विकास बैंक, २० फाइनान्स, २२ बीमा कम्पनी, ४३ माइक्रो फाइनान्स, २४ हाइड्रो पावर र ३० वटा उत्पादन ट्रेडिङ, इनभेष्टमेण्ट, होटल÷टुरिजम र अन्य कम्पनीहरु परेका छन् ।

कर्मर्सियल बैंक अन्र्तगत सिभिल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्टाण्र्टड चार्टड विकास बैंक परेका छन् ।

साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया